बाग्मती

घरको छतबाट खसेर प्रेमिलाको ज्यान गयो

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जुवातास खेल्ने १४ पक्राउ

त्यसैगरी भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद रु ९४ हजार ७३० सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।