पर्यटन/संस्कृति

नियमानुसार नै सबैभन्दा सस्तो बिमान किनेको कंसाकारको ठोकुवा, भयो काँग्रेसलाई चुनौती

काठमाण्डौ । नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नेपाल बायु सेवा निगमले खरीद गरेको बिमान मापदण्ड अनुसार नै भएको दाबी गरेका छन् । केहीदिनअघिमात्रै कार्यकारी अध्यक्षको रुपमा निगमकै पूर्ब प्रमुख मदन खरेललाई सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेपनि आफ्नो कामको सार्बजनिक जवाफ दिँदै कक्साकारले आफूहरुले बिचार गरेर नै ११ वटा कम्पनीबीच प्रतिष्पर्धा गराएर उक्त बिमान खरीद गराएको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतका सरोकारवालाहरुले बिमान खरीदमा अरबौं घोटाला भएको जिकिर गरिरहेका बेला प्रबन्ध निर्देशक कंसाकारले संसारमा सबैभन्दा सस्तो बिमान खरीद गरेको स्पष्टोक्ती दिनुले बिरोधीहरुलाई थप प्रमाण जुटाउन चुनौती थपेको देखिन्छ । कि त बिपक्षीहरुले बलियो प्रमाण पेश गरी घोटाला भएको देखाउन पर्यो, कित नेपाल एयरलाईन्सको खरीद प्रकृयामा सहमत हुनुपर्यो ।
सामाजिक संजाल फेसबुकमा नेपाल एयरलाईन्सका गतिबिधहरु राखिरहने क्रममा उनले भने, ‘११ वटा कंपनीले दुईवटा ए३३० विमान बिक्री गर्न प्रस्ताव पेश गरेपछि टेणडर मुल्यांकन कमिटीले मुल्यांकन कार्य गर्दा गर्दै पनि निगम भित्र यो विमानको मुल्य विषयमा धेरै कोणबाट विश्लेषण र information  लिएर अध्ययन गरेको थियो, किन कि यत्रो ठुलो खरिदमा निगम व्यवस्थापन तथा पदाधिकारीहरु त निकै सतर्क हुनै पर्यो। हामी निगम व्यवस्थापन त ढुक्क छौं कि यहि मोडेलको विमान संसार मै कतै यो भन्दा सस्तो किनेको उदाहरण छैन होला भनेर। एयरबसबाट सिधा खरिद गर्न slot book गरेको खण्डमा पनि अहिले AAR Consortium ले प्रस्ताव गरेको मुल्य भन्दा बढी पर्ने निश्चित छ भनेर हाम्रो calculation बाट देखाएको थियो।’

केही दिन अगाडीको उनको दाबी, ‘नेपाल वायुसेवा निगमले वाइड बडी खरिद गर्दा अपनाएको प्रकृया सम्बन्धमा निगमको आर्थिक विनियमावलीको विनियम २३६ को उपविनियम ९२० मा उल्लेख गरेको प्रकृया हुबहु अनुसरण गरिएको कारण र ग्लोबल टेण्डरको माध्यमबाट ११ वटा कंपनी बीच प्रतिस्पर्धा गराई विमान खरिद गरिएकोले सार्वजनिक खरिद ऐन पनि अनुसरण गरेकै मान्नु पर्ने कारणले गर्दा वाइड बडी खरिद प्रकृया प्रचलित ऐन कानुन नियम बमोजिम नै भएको निगमको भनाई रहेको।’