राजनीति

जनार्दन शर्माले गरे बालगृहलाई सहयोग

रुकुम पश्चिम । प्रतिनिधिसभा सदस्य जनार्दन शर्मालगायतले आठ बिसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बालगृहलाई आर्थिक सहयोग गरेका छन् ।

सांसद शर्माले सो बालगृहलाई रु ५० हजार सहयोग गरेका हुन् । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले रु ४५ हजार, आठबीसकोट नगरपालिका– १० का वडा सदस्य धनबहादुर कुशारीले रु ४२ हजार तथा कृषि विज्ञ सादुराम बस्नेतले रु पाँच हजार सहयोग गरेका छन् । बालगृहमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकूदका सामग्री तथा बालगृहको सुधारका लागि उहाँहरुले सहयोग गरेका हुन् ।

बालगृहमा हाल बाआमा गुमाएका नौ बालबालिका रहेको बालगृहका अध्यक्ष सुनिता चनाराले बताए । बालगृहका लागि आवश्यक सबै खर्च जुटाउँदै आएको उनको भनाइ छ ।