साहित्य

शमी साहित्य प्रतिष्ठानको नेतृत्वमा नेपाल

काठमाडौँ । शमी साहित्य प्रतिष्ठानको चौंथो वार्षिक साधारणसभाले साहित्यकार एवं राजनीतिक प्रदीप नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा श्रीओम श्रेष्ठ रोदन, सचिवमा डा लक्ष्मणप्रसाद गौतम, कोषाध्यक्षमा सुमित्रा महर्जन डङ्गोल र सदस्यमा माया ठकुरी, अशेष मल्ल, गोपाल अश्क र राजेश खनाल चयन भएका छन् ।

सभाले राइटर्स क्लब स्थापना, स्रष्टाका लागि आपतकालीन कोष स्थापना, कृति तथा पत्रिका प्रकाशन, प्रशिक्षण तथा सभा सम्मेलनलगायतका कार्ययोजना पारित गरेको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना एव्म संवद्र्धन गर्ने उद्देश्यले विसं २०७१ मा सो संस्था स्थापित भएको हो । सो संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित गर्ने गरी काम गर्न शुभकामना दिए ।