राजनीति

पार्टी विचार र चरित्रले मात्रै बलियो हुन्छः नेता श्रेष्ठ

भक्तपुर । नेपाली काङ्ग्रेसका शीर्ष नेताले पार्टी विचार र चरित्रले बलियो हुने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुरका स्व नेता जानकीप्रसाद कुँइकेलको स्मृतिसभामा उनीहरुले असल बिचार दिने र चरित्र बचाउने जो कोही व्यक्ति कालन्तरसम्म स्मरणीय रहने उदाहरण दिएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले स्व कुइकेलको सादगी जीवनको काँग्रेसका शुभचिन्तक, कार्यकर्ता एवं माथिल्लो नेतृत्वले सदैव ग्रहण गर्नुपर्छ भने ।

उनले नेपाली काँग्रेसका सादगी नेता र निष्ठावान कार्यकर्ताको अथक प्रयासले नेपालमा राणा शासन, पञ्चायत व्यवस्था र राजतन्त्रको अन्त्य सफल भएको दाबी गरे । प्रजातन्त्र पुनःस्थापनाका लागि स्व कँुइकेलले भूमिसुधार कार्यालयको जागिर छोडेर राजनीतिमा लागेका थिए । त्यसबेला उहाँ खरिदार हुनुहुन्थ्यो । जतिबेला त्यो पद र कार्यालयलाई सुनको फूलपार्ने कुखुरा मानिन्थ्यो ।

पद र पैसाका लागि इमान बेच्न हुन्न भन्ने मान्यता राख्दै हरेक आन्दोलनमा निस्वार्थपूर्वक सक्रिय हुँदै उनले पटक–पटक जेल जीवन विताएका थिए । उहाँका सहपाठी तथा काङ्ग्रेसका वरिष्ठ नेता माथवरसिंह बस्नेतले स्व कँुर्इकेल निष्ठाको प्रयावाची भएको धारण व्यक्त गर्ने । भक्तपुरका दोस्रो पुस्तामा नेता बस्नेत र पूर्वसांसद लेखनाथ न्यौपाने पुराना र सक्रिय नेता हुन् ।

यसअधि दोस्रो पुराना पुस्ताका नेता राधेश्याम जोन्छेलाई भने तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी घाइते बनाएका थिए । त्यसको करीब दुई वर्षपछि नेता जोन्छको पक्षघातबाट थलापरेर मृत्यु भएको थियो ।

विभिन्न चरणमा चलेका सामान्ति राज्य व्यवस्थालाई आधुनिकीकरण गर्दै लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन अथक प्रयास गर्ने पहिलो पुस्ताका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई महेन्द्रनारायण निधि र गिरिजाप्रसाद कोइराला हुन् ।

उहाँहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने भक्तपुरका विष्णुभक्त भुजु, जगन्नाथ आचार्य, तिलकप्रकाश कायस्थ, लेखनाथ न्यौपाने ठाकुरदास सामाश्रेष्ठ, दुर्गाप्रसाद हाडा, रामबहादुर ठकुरीलगायतका नेता कार्यकर्ता राणा शासन विरुद्ध लडेको इतिहास छ । फलस्वरुप २००७ सालमा प्रजातन्त्र स्थापना भएको हो ।

नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा भक्तपुरका नेता कार्यकर्ताको महत्वपूर्ण योगदान रहदैआएको छ । एउटा पुस्ताले त्याग तपस्या र बलिदान नगरीकन कुनै पनि संस्था वा राष्ट्रको उन्नति भएको इतिहास छैन । नेपालमा पटक–पटक प्राप्त प्रजातन्त्रको घाँटी निमोठिएको इतिहास छ । २००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालमा तत्कालिन राजा महेन्द्रले अपहरण गरे । फलस्वरुप देशमा एकदलीय पञ्चायत व्यवस्था लागूभयो ।

सो व्यवस्था विरुद्ध भक्तपुरका दोस्रो पुस्तका नेता क्रमशः शहीद भरत गोपाल झा, द्ववारिका जोशी, जानकीप्रसाद कुँइकेल, माथवरसिंह बस्नेत, राधेश्याम जोन्छे लगायतले बलिदानीपूर्वक सङ्र्घष गरेका थिए । परिणामस्वरुप २०४६ मा पुनः बहुदलीय प्रजातन्त्रको स्थापना भयो ।

नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लव थापाले माथवरसिंह बस्नेत, जानकीप्रसाद कुँइकेल, ईश्वर घिमिरेलगायतका नेतालाई पञ्चायती सरकारले राजकाज मुद्दा लगाएर आजीवन जेल सजाय तोकियो । २०३७ सालको जनमतसङ्ग्रह अगाडि भएको आम माफिमा उहाँहरु जेलबाट छुटेका थिए ।

नेपालका हरेक आन्दोलनमा नेपाली काङ्ग्रेसले अग्रणी भूमिका निर्वाह गरेको छ । सो पार्टीका हजारौँ नेता तथा कार्यकर्ताले बलिदानीपूर्ण सङ्र्घष गरेका छन् देश बदल्नसक्ने काङ्ग्रेसभित्र देखिएको चरम गुटबन्दीभित्र काङ्ग्रेसका नेता कार्यकर्ता बदलिनुपर्छ ।

संविधानसभाका पूर्व सदस्य शिवबहादुर खडकाले स्व कुँइकेल नेपाली काङ्ग्रेस भक्तपुरको उत्तरी क्षेत्रका अग्रणी नेता भएको जानकारी दिए ।