सामाजिक सञ्जाल

अमेरिकामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने असभ्य नेपालीप्रति दया लाग्योः योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली युवा नेता योगेश भट्टराईले संयुक्त राष्ट्रसंघका देशको प्रतिनिधित्व गर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा कालो झण्डा देखाउने काम निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै युवानेता भट्टराईले अमेरिकामा प्रधानमन्त्रीलाई कालो भण्डा देखाउने काम बिरोधको अत्यन्तै निकृष्ट शैली भएको बताएका हुन् ।

‘लोकतान्त्रिक निर्वाचनको माध्यमबाट निर्बाचित, जनअनुमोदित, राजनीतिक तथा संबैधानिक बैधताप्राप्त प्रधानमन्त्रि जो सिँगो राष्ट्रको प्रतिनिधिका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जाँदा नेपाली भनिनेहरुबाटै बिरोधको असभ्य र भद्धा नौटंकी देखाउनु निन्दनीय र खेदजनक बिषय हो,’ भट्टराईले भने, विश्वको सभ्य समाज भनिने अमेरिकामा बसेर पनि सभ्यता सिक्क नसकेका र नेपालीत्वको सामान्य सीमा पनि कायम गर्न नसकेका ती मानबहरुप्रति मलाई दया लागेको छ ।’

यस्तो छ भट्टराईको टिप्पणी:-
“बहुलबादी समाजमा बिचराका आधरमा मानिसहरु बिभिन्न राजनीतिक संस्थामा आबद्ध हुनु, कुनै बिचारको पक्ष वा बिपक्षमा आफूलाई उभ्याउनु अत्यन्तै स्वभाबिक र लोकतन्त्रको सुन्दरता हो । देशभित्र प्रधानमन्त्रिलाई कालोझण्डा देखाउनुलाई सामान्य रुपमा लिनु पर्दछ र राज्यले नागरिकको त्यो अधिकारको सम्मान र रक्षा गर्नु पर्दछ ।

तर लोकतान्त्रिक निर्वाचनको माध्यमबाट निर्बाचित, जनअनुमोदित, राजनीतिक तथा संबैधानिक बैधताप्राप्त प्रधानमन्त्रि जो सिँगो राष्ट्रको प्रतिनिधिका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जाँदा नेपाली भनिनेहरुबाटै बिरोधको असभ्य र भद्धा नौटंकी देखाउनु निन्दनीय र खेदजनक बिषय हो ।

विश्वको सभ्य समाज भनिने अमेरिकामा बसेर पनि सभ्यता सिक्न नसकेका र नेपालीत्वको सामान्य सीमा पनि कायम गर्न नसकेका ती मानबहरुप्रति मलाई दया लागेको छ । हालै प्रम केपी ओली र केहीदिन अघि पूर्व प्रम बाबुराम भट्टराईप्रति गरिएको व्यबहार नेपाली परम्परा, संस्कृति र सभ्यतामाथिको अतिक्रमणका रुपमा मैले बुझेको छु । फेरी पनि भन्छु उनीहरुको फरक बिचारको म सम्मान गर्छु तर पराईको भूमिमा यो व्यबहार स्विकार्य हुनसक्दैन ।”