आर्थिक

सानिमा बैंकद्धारा VISA card अनलाईन पेमेट सुरु

काठमाण्डौ । सानिमा बैंकले सुरक्षित VISA card अनलाईन पेमेट सेवाको सुरुवात गरेको छ । यस सेवाबाटग्राहकहरुले सानिमा बैंकका सबै VISA डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित online कारोवारहरु गर्न सक्नेछन ।
यो सेवाका लागि ग्राहकहरुले बैंककोwebsite https://www.sanimabank.com/article-verifiedbyvisa गई VISA कार्डका आवश्यक जानकारी उपलब्ध गराई सुचारु गर्न सक्नेछन । यो सेवा लिइसके पछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ्ग, एयरलाइन्स टिकट, शपिङ्ग जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन ।
साथै, ग्राहकहरुले यही सेवा प्रयोग गरि Yeti Airlines को online टिकट खरिद गरे बापत २% cash back पनि प्राप्त गर्न सक्नेछन ।
यो सुबिधा VISA कार्डको Verified by VISA सेवा अन्र्तगत सुचारु गरिएको हो ।