पर्यटन/संस्कृति

फस्टाउँदै चिया पर्यटन

पशुपतिनगर । चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो ।

चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे (घरबास) र होटल खुल्नेक्रम बढेको छ । नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदरमुकामस्थित इलाम चिया बगान, कन्याम, अन्तु, पानीटार, फिक्कल र साँखेजुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेका छन् । सूर्योदय नगरपालिका–७ कन्याम चिया बगानमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भ्रमण गर्न आउने गरेको तथ्याङ्क छ । चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै यहाँको मौसममा रमाउनका बाह्रैमास पर्यटक आउने गरेको प्रदेश सांसद काजीमान कागते बताउँछन् ।

गाउँमा चियाखेतीको अवस्था, किसानको जीवनशैली, घरेलु चिया उत्पादन गर्ने तरिका, चियाबारीभित्रको रमणीय दृश्यका साथै स्थानीयवासीले उत्पादन गरेको हातेचियाको स्वादमा रमाउन पर्यटक आउने गरेका छन् । उनीहरुले चिया पर्यटनको व्यवस्थित विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएका छन् । कन्याम चिया बगान घुम्न आउनुभएका दयाराम दाहाल चिया पर्यटन विकासका लागि सरकारी निकायको लगानी आवश्यक भएको बताउँछन।

चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटनको प्रवद्र्धनका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने पर्यटन व्यवसायी बिनु खड्काले बताए । चिया बगानको अवलोकनसँगै साइक्लिङ र लामो पदयात्राको प्रशस्त सम्भावना रहेकाले कन्याम र इलाम सदरमुकामको ऐतिहासिक चिया बगान