समाचार

गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा खानेपानीमन्त्री भारत प्रस्थान

काठमाडौँ । खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ ।