पर्यटन/संस्कृति

सङ्ग्रहालयमा पर्यटकलाई स्वागत

पोखरा । विश्व पर्यटन दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतसहित अवलोकन टिकट निःशुल्क प्रदान गरिएको छ ।

अवलोकनका लागि पहिला आउने नेपाली, सार्क र विदेशी पाँच/पाँच जना गरी कूल १५ जनालाई सङ्ग्रहालय विज्ञ बलप्रसाद राईले खादा लगाएर स्वागत गरेका हुन् । चिनीयाँ नागरिक छिन्हो लिङ, अमेरिकाका सोफिया करकीन, मोनटाना, राचील जोस्टन र अलस्का, फ्रान्सका क्रोनटीन ब्रावन्ट र स्पेनका ओयी ओलको स्वागत गरिएको हो ।

त्यस्तै भारतका अभिषेक जिया, हितेष जिया, प्रकाश भुर, सौरभ कुनार र सत्यवान तथा नेपालका अलिसा थापा, प्रिति तामाङ, विनिता थारु, ऋषिराम थारु र प्रभावति कुहारको स्वागत गरिएको हो । नेपाल पर्वतारोहण सङ्घले निर्माण गरेको सो सङ्ग्रहालय अवलोकनका लागि नेपालीलाई रु ८०, विद्यार्थीलाई रु ५०, सार्क देशका नागरिकलाई रु २५० तथा अन्य विदेशी नागरिकलाई रु ५०० टिकटको व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी दुई लाख ६० जनाले सङ्ग्रहालयको अध्ययन अवलोकन गरेका थिए । सङ्ग्रहालयले रु दुई करोड ७८ लाख आम्दानी गरेको थियो ।