कृषि

किसानलाई अनुदान रकम वितरण

उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख रवीन राईले अनुदान रकम प्रदान गरेका हुन् ।

रतुवामाई नगरपालिकाका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेकाले उनीहरुलाई प्रोत्साहन गरी अझ व्यावसायिक बनाउन अनुदान रकम वितरण गरेको नगर प्रमुख राईले बताए । उनले उत्कृष्ट किसानलाई आगामी वर्षदेखि थप अनुदान प्रदान गर्ने बताए । नगरपालिकाले नगरभित्र रहेका १०० जना अगुवा किसानलाई तरकारीको बीऊ पनि वितरण गरेको छ ।