समाचार

‘ज्येष्ठ नागरिकका अनुभव राष्ट्रिय पूँजी’

काठमाडौँ । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पूँजीका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिकसम्बन्धी अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुको सीप, क्षमता र अनुभवलाई प्रयोग गरेर सरकारले सामाजिक विकामा उपयोग गर्नुपर्ने सुझाव दिए ।
मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयनका लागि सहज हुने गरी ऐन, कानुन निर्माण भइरहेको बताए ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिक राष्ट्रका संस्कृतिक धरोहर र अमूल्य निधि भएकाले विगतमा देश विकासमा उनीहरुको योगदानलाई सम्मान गर्नुपर्ने बताए । विस्मृति समाज नेपालका प्रवक्ता दिपक अर्यालले ज्येष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिनुपर्ने सामाजिक सुरक्षा र अन्य सुविधा न्यून रहेको तथा युवा पुस्ताबाट पाउनुपर्ने सम्मानमा कमी भएकामा चिन्ता व्यक्त गरे । मुलुकमा करिब २५ लाख ज्येष्ठ नागरिक छन् । यही असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । दिवसका दिन विभिन्न पत्रपत्रिका, रेडियो टिभीलगायत सञ्चार माध्यममा ज्येष्ठ नागरिकका अनुभव र अधिकारसम्बन्धी अन्तक्र्रिया, ¥याली, सरकार प्रमुखबाट मूल समारोह समितिलाई सम्बोधनलगायत कार्यक्रम तय गरिएको छ ।