विचित्र संसार

यी दुई वर्षे बालकको अपत्यारिलो व्यवहार, इच्छा पूरा नगरिदिए उनलाई सम्हाल्नै गाह्रो

काठमाडौं । इन्डोनेशियाका दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट सेवन गर्ने गरेका छन् । आफ्नी आमाले थापेको पसल बाहिर फ्यांकिएका चुरोटका ठुटा तानेर सेवन गरेर लतमा फसेका ती दुई वर्षे बालकरापी पामुङ्गकासलाई अहिले दिनमै ४० वटा चुरोट चाहिने भएको हो । चुरोट सेवन गर्न थालेपछि चर्चामा आएका रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । उनलाई मानिसहरुले चुरोट दिनेर र उसले सेवन गरेको हेरेर मज्जा लिनेहरुको भीड लाग्ने गरेको छ । रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ ।

उनकी आमा मार्यातीकाअनुसार छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरिएको छ । रापी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् । बालकका आमाकाअनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ ।