आर्थिक

वेस्टर्न युनियनले ल्यायो ‘खुसीको पर्व’ योजना सार्वजनिक

काठमाडौँ । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियनमनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।

खुसीको पर्व योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमीट, माया रेमिट, नबिल बैक, डिजीटेक रेमिट्यान्स प्रा.ली र सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।

यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक रु १५हजार८ जित्नेछन् र साथै यो योजनाको अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप रु ५ लाख जित्नेछन् ।

खुसीको पर्व योजना यहि ७ असोज, २०७५ देखि कात्तिक मसान्तसम्म लागु गरिएको छ ।