समाचार

प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकबाट प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक पारित गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रस्तावलाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।

बैठकमा राष्ट्रियसभाका सचिव तोकिनुभएका सचिवालय सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’ लाई टेबुल गरेका थिए ।

सभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (१) बमोजिम सांसद रामप्रीत पासवानको बैठकमा अनुपस्थितिको सूचनालाई स्वीकृतिका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको छ ।