गण्डकी प्रदेश

कैलाशधाममा लिफ्टबाट खानेपानी

कावासोती । नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पु¥याइएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट चन्दा सहयोग गरी रु ४७ लाखकोे लागतमा खानेपानी व्यवस्था गरिएको हो । गण्डकी प्रदेश र प्रदेश ५ को सीमा दाउन्ने पहाडमा रहेको सो स्थलमा दुई किलोमिटर दूरीको धुञ्चेखोला मुहानबाट पानी ल्याइएको हो । धुञ्चेको मुहानबाट ७७० मिटरको दूरीको शिवपुरी डा“डासम्म तानेर धाम परिसरमा पानी ल्याइएको हो । लिफ्टको प्रयोग भने २८२ मिटर उचाइमा पानी ल्याउन गरिएको छ ।

शिवपुुरी डा“डामा २५० वाट क्षमताका १६ वटा सौर्य प्यानल जोडिएको छ । चार हर्स पावरको मोटरले २८२ मिटर तल जमिन सतहबाट पानी तानेर शिवपुरीसम्म ल्याइएको मन्दिरका सल्लाहाकार संयोजक शालिकराम पौडेलले बताए। दाउन्ने बजारबाट करीब ४० मिनेटको उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ ।

खानेपानीको सुविधा नहुँदा यहा“ आउने भक्तजन र पुजारीले आकाशको पानी सङ्कलन गरी प्रयोग गर्ने गरेका थिए । परमानन्द सन्या आश्रम ट्रस्ट कैलाशधाम दाउन्नेले गाउँपालिकासँग आग्रह गरी र अन्य सहयोग सङ्कलन गरेर खानेपानीको व्यवस्था गरेको हो । अझै शिवपुरीको डा“डामा पानी वितरण ट्याङ्की निर्माण गर्नुपर्ने भएपनि बजेट नहुँदा सिधै पानी वितरण गरिएको पौडेलले बताए । दैनिक सयौँ धार्मिक पर्यटक आउने यहाँ भारतबाट समेत पूजाअर्चनाका लागि भक्तजन आउने गर्दछन् ।