राजनीति

निर्मलाको हत्यारा सरकारले लुकायोः वरिष्ठ नेता पौँडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारविरुद्ध खनिएका छन् । पार्टी संगठनहरुले युरोपका विभिन्न कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएका पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पौडेलले निर्मल हत्याकाण्डमा सरकार र प्रहरी नै मुख्य दोषी भएको आरोप लगाएका छन् ।

उनले निर्मला हत्याकाण्ड लुकाउन सरकार उद्धत रहेकाले अनुसन्धान समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग समेत गरेका छन् । निर्मलाको हत्या भएको २ महिना बितिसक्दा समेत अपराधी पत्ता नलाग्नु दुःखद कुरा भएको बताउदैँ उनले हत्यारालाई कानुनको दायरामा ल्याएर देशमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न नसकेकोमा बताएका छन् ।

बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेर सरकारले ठूलो गल्ती गरेको बताए ।

नेता पौडेल १० दिने युरोप भ्रमण सकेर बिहिबार स्वदेश फिर्ता भएका छन् ।