आर्थिक

‘मन खोलौ कोकसँग’ सार्वजनिक

काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय भनेको हजारौ सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने हो । यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् ।

कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अबसर प्रदान गरेका छन् ।

कोकाकोलाले साथीभाइ तथा परिवारलाई बर्षभरि र जुनसुकै उत्सबको समयमा विषेश रुपमा जोडिएर रहनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । केहि बर्ष अघि कोकोकोलाले आश्र्चयजनक रुपमा सार्वजनिक गरेको अनौठो बिश्वव्यापी क्याम्पेन सेयर अ कोकले मानिसहरुलाई आफ्ना प्रियजनहरुमा भावनात्मक सम्बन्ध बलियो बनाएको थियो ।

गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको छ ।