पु.समाचार

न्युयोर्क पुगेका प्रधानमन्त्री ओली भेटघाटमा व्यस्त, आज महासभामा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरिय भेटघाटमा व्यस्त रहेका छन् । प्रधानमन्त्री ओलीले विश्वकका शक्तिशाली देशका राष्ट्रप्रमुख तथा समकक्षीहरुसँग द्धिपक्षीय वार्तामा व्यस्त रहेका हुन् ।

यसअघि प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्री भोजमा सरिक भएका छन् । सोही अवसरमा प्रधानमन्त्री ओलीले ट्रम्पसँग संक्षिप्त कुराकानी समेत गरेका थिए भने बुधबार प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेट, कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेज र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । महासभामा भाग लिन न्युयोर्क पुगेका विभिन्न देशका प्रतिनिधीहरुसँग ओलीको भेटघाट गर्ने क्रम जारी रहेको छ ।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन्। उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यबाहक राजदूत निर्मलराज काफ्लेले बताए।

एसिया सोसाइटीले बुधबार न्यु योर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक बहसमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहिबार (आज) संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महासभामा सम्बोधनपछि प्रधानमन्त्री ओली न्युयोर्कबाट कोस्टारिकाको भ्रमणमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । असोज ६ गते २० सदस्यीय प्रतिनिधिमण्डसहित अमेरिकातर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली असोज १७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।