पु.समाचार

अरूको हितका सहयोगी हुनु सबैभन्दा ठूलो धर्मः डा.कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताएका छन् ।

भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले बुधबार रत्ननगरमा आयोजना गरेको ह्विल चियर वितरण कार्यक्रममा उनले समुदायमा भिन्न परिचय भएका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताए । महामन्त्री कोइरालाले विदेश गएका युवाले गर्ने सेवाले नेपालको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेपाली जनसम्पर्क समीति अस्टे«लिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० भिन्न परिचय भएकालाई ह्विल चियर वितरण गरिएको हो ।
डा. कोईरालाले पार्टीको बिधानमा सुझाब संकलनका क्रममा चितवन आएको बेला उक्त कुरा बताएका हुन् ।