समाचार

१३ बर्षीया पन्त बलात्कार र हत्या प्रकरण– समाचार सङ्कलन रोकमा महासंघ कडा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यही असोज ९ गते गृह मन्त्रालयमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाई समाचार सङ्कलनमा बन्देज लगाइएको भन्दै नागरिकलाई सुसूचीत गराउने सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाइनु प्रेस स्वतन्त्रामाथिको हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचीत हुने संवैधानिक अधिकारमाथिको प्रहार भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले प्रेस स्वतन्त्रता विरोधी कार्यको भत्र्सना गर्दै प्रेस र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ । सोही दिन संसद्को राज्यव्यवस्था समितिको बैठकको समाचार सङ्कलनका लागि सिंहदरबार पुगेका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको घटनाप्रति पनि महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेसको संवैधानिक स्वतन्त्रतामा आघात पु¥याउने घटनाको महासङ्घले भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै प्रकाशित समाचारको विषयलाई लिएर केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा वितरण गरिएको ‘प्रकाश’ साप्ताहिक पत्रिका प्रहरीले कब्जामा लिनुका साथै वितरणमा रोक लगाएको भन्दै महासङ्घले घटनाको निन्दा गरेको छ ।