पु.समाचार

ओली सरकारले चोरबाटो समात्योः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको आपत्ती जनाएका छन् । बुधबार प्रतिनिधीसभा बैठकमा बिशेष समयमा बोल्दैँ नेता थापाले प्रतिस्पर्धा गराएर योग्य कम्पनि छनौट नगरेको सरकारप्रति रोस प्रकट गरेका हुन् ।

कम्पनिहरुबीच प्रतिस्पर्धा किन नगराएको भन्दैँ नेता थापाले भने, प्रश्न यहाँ चिनियाँ सरकारको लगानी होइन प्रश्न चिनियाँ कम्पनीको होइन, कसैले झुक्याउने प्रयास नगरोस्, ऋण चीनसँगै लिए हुन्न, आयोजना चिनियाँ कम्पनीलाई नै दिए हुन्छ प्रतिस्पर्धामा छनोट हुन्छ, ‘प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो ?

आफै ऋण लिन सक्ने हुँदाहुँदै सरकारले निरिहता प्रस्तुत गरेको नेता थापाको आरोप छ । गेजुवा कम्पनीलाई आयोजना दिन सरकारले मरिहत्ते गरेको नेता थापाले बताए । सरकारले चोरबाटोबाट बुढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिएको भन्दैँ विरोध जनाएका छन् ।