मनोरञ्जन

चलचित्र ‘अनुराग’ असोज १२ देखि देशव्यापी प्रदर्शनमा

काठमाडौँ । एलिजा गौतम निर्मित चलचित्र ‘अनुराग’ यही असोज १२ देखि देशभर प्रदर्शनमा आउने भएको छ । यहाँ आज भएको पत्रकार सम्मेलनमा निर्मात्री गौतमले चलचित्रले नयाँ पुस्ताको मन जित्न सफल हुने बताए “सबै चलचित्र परिवारका सबै सदस्य बसेर हेर्न मिल्दैन तर यो चलचित्र एकै ठाउँमा बसेर हेर्न मिल्ने खालको छ”, गौतमले भने । चलचित्र पूर्णरुपमा प्रेम कहानीमा आधारित रहेको बताइएको छ ।

चलचित्रका नायक समुद्र पण्डितले सो चलचित्र एक पटक सबैले हेर्नैपर्ने खालको रहेको बताए । चलचित्रमा ‘अनु’ र ‘राग’ लाई प्रमुख पात्रका रुपमा उभ्याइएको छ । चलचित्रले सामाजिक सन्देश बोकेको नायक पण्डित बताउँछन् । चलचित्रमा पाँच गीत समाविष्ट छन् । चलचित्रम गौतम र पण्डित मुख्य भूमिकामा छन् भने बालनायकका रुपमा रुपा राग मुख्य भूमिकामा छिन् ।