राजनीति

निर्मला हत्याकाण्डबारे गृहमन्त्री थापा भन्छन्ः सरकार र प्रहरीको ईमान्दारितामा शंका गर्ने ठाउँ छैन

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले निर्मला हत्या काण्डमा प्रहरीको चरम लापरवाही भएको खुलासा गरेका छन् । संसद राज्य व्यवस्था समितिको बैठकमा बुधबार बोल्दैँ प्रहरीले निर्मलाले लगाएका कपडा जलाएर गम्भीर गरेको बताएका हुन् ।

प्रहरीले ११ गते उठाएको मुचुल्कामा समेत निर्मलाका बाबुको औँठाको छाप भनि अर्कै व्यक्तीको औँठा छाप लगाईएको जुन झुठो भएको स्पष्ट छ । निर्मलाका बाबु यज्ञराज १२ गते भारतबाट घर आएका थिए ।

साउन १० गते १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा तत्कालिन प्रहरी अधिकारीहरु मुख्य दोषी रहेको स्वीकार गरेका छन् ।

यस्तै मन्त्री थापाले प्रहरी प्रशासन र सरकारको ईमान्दारितामा प्रश्न नउठाउन आग्रह गरेका छन् । प्रहरी र सरकारको ईमान्दारितामा शंका गर्ने ठाउँ नभएको बताए ।