राजनीति

पत्नी सीतासँगै प्रचण्ड आज सिंगापुर उड्दैँ, यस्तो छ कारण !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल सँगै बुधबार राती सिंगापुर उड्ने भएका छन् । पत्नी सीताको फलोअप उपचारका लागि भन्दैँ उनी आज त्यसतर्फ जान लागेका हुन् । प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाका अनुसार उनी त्यहाँ एक साता बस्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रचण्ड भाद्र ४ गते सिंगापुर गएका थिए । त्यतिखेर उनको सिंगापुर बसाई १५ दिने भएको थियो । सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराउदैँ आएका छन् ।