पु.समाचार

यी हुन श्रेयाको जीवनलीला समाप्त पार्ने बलात्कारी र हत्यारा !

काठमाडौं । पोखरामा १० बर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको पुष्टि भएको छ । बलात्कार संलग्न रहेको आरोपमा आधा दर्जन घिछमेकी पक्राउ परेका हुन् । पोखरा पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको  बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा २७ बर्षीय कुसुम पौडेलसहित आधा दर्जन बढी समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको र अनुसन्धान पछि थप कुरा सार्वजनिक गर्ने तयारी गरिएको छ । बिस्कुट किन्न बजार गएकी बालिका बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिईन् ।

पक्राउ परेका पौँडेल सहित आधा दर्जनले आफूहरुमाथि लागेको अभियोग अस्वीकार गरेका छन् तर प्रहरीका अनुसार गहिराईमा गएर यसको अनुसन्धान गरिरहेको छ ।