समाचार

संसद् सचिवालयको प्रवक्तामा डा. पाण्डे

काठमाडौँ । सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा. रोजनाथ पाण्डेले जिम्मेवारी पाएका छन् । संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।

यसअघि प्रवक्ता रहेका सहसचिव डा भरतराज गौतमको सचिवमा बढुवा भए पछि पाण्डेलाई जिम्मेवारी दिइएको हो ।