सामाजिक सञ्जाल

गाजलुको गजलः “यदि म लुटिदा बलात्कारको अन्त्य हुन्छ भने लुटिन तयार छु”

झापा । सिम्रन श्रेष्ठ “गाजलु”

??? गजलः– ए बलात्कारी ???
ए पापि आईज लुछेर लैजा मलाई,
तेरा ती कठोर हातहरुले
मेरो कोमल शरिरमा सके चोट दे मलाई,
यौवनका प्यासका सबै तिर्खाहरु मेटिदे,
भोको बाघले झम्टिए झै गरि मेटा तेरा सबै ईच्छाहरु ।
क्षत-बिक्षत गरि मलाई,
पुरागर यौवनका तृष्णाहरु ।
हो म लुटिन तयार छु तँ बाट,
हो म बलात्कृत हुन तयार छु तँ बाट,
मेरा अस्मिताहरु मेटाउन तयार छु तँ बाट,
तर मेरो अस्मिताको अन्तय सँगै
त्यो बलात्कारको पनि अन्त्य हुनु पर्छ,
मेरो देशको चेलीले सुरक्षित जिउन पाउनु पर्छ,
यदि म लुटिदा बलात्कारको अन्त्य हुन्छ भने,
ए बलात्कारी म तँ बाट लुटिन तयार छु,
हो म तँ बाट लुटिन तयार छु -।। । ।