समाचार

अमेरिका जाने होईन ? निशुल्क डिभी भर्न सकिने !

काठमाडौं । ईलेक्ट्रोनिक डाईभर्सिटी भिसा (ईडिभी)का लागि आवदेन खुल्ने मिति सार्वजनिक गरिएको छ । अमेरिका जान (डि.भी) कार्यक्रम २०२० का लागि असोज १७ गतेदेखि आवेदन खुल्ने भएको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार डिभी आवदेन अवधि नेपाली सयमअनुसार असोज १७ गते ९ः४५ देखि कार्तीक २० गते राती १०ः४५ सम्म रहेको छ ।

डिभीको आवदेन भर्दा कुनै शुल्क नलाग्ने दूतावासमले जनाएको छ । दूतावासले गरेको आग्रहअनुसार कन्स्ल्टेन्टको सहयोग नलिन भनिएको छ । डिभी भर्नका लागि https://www.dvlottery.state.gov/ बेबसाईटमा गई भर्नुपर्नेछ । आवेदन फाराम भर्दाखेरी परिवारका सबै सदस्यको विवरण अनिवार्य खुलाउनु पर्नेछ ।

डीभीको आवेदन भरेपछि प्राप्त भएको कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ ।