मनोरञ्जन

यो दिलबाट छायांकन सम्पन्न, ईशा र बिरेन्द्रको बीच बाटोमै झगडा

इटहरी । संचारकर्मी तथा गीतकार बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वरमा रहेको ‘यो दिलबाट’ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गीतमा अर्जुन सेन्चुरीको संगीत रहेको छ ।
पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो नाम र कामलाई वजनदार बनाउदै गएकी मोडल इशा परियार संग स्वयं गीतकार बिरेन्द्रले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोलाई मार्टिना मेकअप स्टुडियो इटहरीले निर्माण गरेको हो । मोडल इशा परियारकै कन्सेप्टमा ईटहरिका रंग मिडियाकर्मि सुवास संकल्पले छायांकन तथा निर्देशन गरेका हुन् ।
दशैंको अवसर पारेर सार्बजनिक गरिने भनिएको म्युजिक भिडियोलाई छायांकन सकिए संगै सम्पादनको कार्य धमाधम भैरहेको छ । सुस्मिता श्रेष्ठ र संजय थापाको निर्माण ब्याबस्थापन तथा उर्बी श्रेष्ठको मेकअप रहेको म्युजिक भिडियो ईटहरी र आसपासमा छायांकन गरिएको हो ।