मनोरञ्जन

बिक्रमको “पोथी काली काली” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । गायक बिक्रम राना तथा गायिका पूर्णकला बिसीको नया लोकदोहोरी गित “पोथी काली काली” सार्बजनिक भएको छ । मौलिक लोकदोहोरी गीतहरु गएर चर्चामा रहेका गायक बिक्रम रानाको यो डान्सिङ बिटमा रहेको “पोथी काली काली” लोकदोहोरी पारखिहरुको रोजाइमा पर्ने कुरामा गायक बिश्वस्त छन् ।

शब्द तथा संगीत चर्चित संगीतकार करन न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार करन चैसिरले छायांकन गरेका छन् भने निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल सन्दिप न्यौपाने तथा सोमिया रानाको बेजोड नृत्य को साथमा अभिनय देख्न सकिन्छ भिडियोलाई म्युजिक नेपालले बजारमा लिएर आएको छ ।

भिडियो हेर्नुहोसः–