समाचार

प्रतिवेदन र सम्झौता पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत गरे।

बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम सचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतालाई टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक बुधबार ३ बजे बस्नेछ ।