विचित्र संसार

आफूभन्दा ४० बर्ष जेठो पुरुषसँग विवाह, यस्तो छ कारण !

काठमाडौँ । विवाह एक अटुट र पबित्र बन्धन हो । मानव सृष्टिलाई निरन्तरता दिन विवाह अपरिहार्य हुन्छ । त्यसकारण विवाह गर्दा आफुले रोजेको, मन पराएको मान्छे संग गर्ने गरिन्छ । कसैले प्रेम विवाह गर्छन् त कसैले मागी विवाह । खयर विवाह गर्दा मन मिले न जात हेरिन्छ न त धर्म नै । बिशेष गरेर उमेर भने हेर्ने गरिन्छ ।

तर विश्वमा यस्ता केहि जोडीहरु पनि छन् जसलाई हेर्दा अचम्म लाग्छ र ती जोडीहरु अपवाद हुन् । कसैले आफ्नो छोरासमान उमेर भएको पुरुषसंग विवाह गरेका हुन्छन् भने कसैले आफ्नी छोरी नातिनी उमेरको संग विवाह गरेका हुन्छन् ।

भरखरै पनि यस्तै अमिल्दो उमेर भएका एक जोडीको फोटोले सामाजिक संजाल तताएको छ । झट्ट हेर्दा जो सुकैलाई पनि अचम्म लाग्न सक्छ । सेतै फुलेको कपाल हेर्दा लाग्छ उनि ७० वर्ष पुगेका छन् । ती बृद्धले कल्कलाउँदी २२ र २३ बर्षकी युवतीसंग विवाह गरेका छन् ।

खासमा ती व्यक्ति एपोलो अस्पतालका कार्यकारी निर्देशक राजेश कुमार हिमतसंग्का हुन् । उनको पहिलो पत्नीको निधनपश्चात परिवारकै सहयोगमा ती युवतीसंग विवाह गरेका हुन् ।

विवाह पश्चात राजेश कुमारले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दा आएको विभिन्न किसिमका गाली गलौचले आफु चिन्तीत रहेको बताएका छन् । –एजेन्सीको सहयोगमा