सुदूरपश्चिम

प्रदेश नं. ७ को नाम सुदूरपश्चिम, राजधानी गोदावरी

काठमाडौं । नाम र राजधानी राख्न गठित बिशेष समितिले प्रदेश नं. ७ को नामा ‘सूदुरपश्चिम’ राख्न सिफारिस गरिएको छ । सिफारिससहितको प्रतिवेदन प्रदेशसभा बैठकमा मंगलबार पेश गरिएको हो । उक्त बिशेष समितिबाट सूदुरपश्चिम नाम रख्ने निर्णय बहुमतले सिफारिस भएको हो ।

यस्तै उक्त बिशेष समितिको बैठकले गोदावरी वरपर राजधानी राख्न सिफारिस गरेको छ । यसअघि सूदुपश्चिमाञ्चल विकास क्षेत्रको रुपमा रहेको प्रदेश नंं. ७ मा ९ जिल्ला रहेका छन् ।

यसअघि पटकपटक प्रदेशको नामाकरण र राजधानीको बिषयमा पटकपटक विवाद हुदैँ आएको थियो ।  प्रदेशसभा प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेका थियो ।