समाचार

सुन तस्करीः ३ किलोसहित २ जनालाई हतकडी, १ किलो वापत ५० हजार लिने गरेको खुलासा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौबाट विशेष प्रहरी टोली ले ३ किलो सुनसहित २ जना पक्राउ गरेको छ । रसुवा केरुङ नाका हुदै काठमाण्डौ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा तीनपिप्ले र टोखा रोडमा निगरानी तथा एम्वुस टोली खटाईएकोमा सोमबार टोखा रोडको साईवावा चोकबाट २ जनालाई नियन्त्रणमा लिईएको हो ।

निलो रङ्गको वा ७३ प ३४०२ पल्सर वाईकमा २ जना सवार व्यक्तिहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको शरीरबाट १२ टुक्रा सुन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रसुवा गोसाईकुण्ड गाँउपालीका (१ घर भएका २४ बर्षीय नर वहादुर घले र सोही ठाउँका २० बर्षीय पेम्वा तामाङ रहेका छन् ।

मोटरसाईकलसहित पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भईरहेको छ ।

भन्सार ऐन २०६४ को दफा ५७ ९१० ९ङ० अनुसार १ करोड रुँपैया भन्दा वढी ५ करोड रुँपैयासम्मको विगोमा १ वर्षदेखी ३ वर्षसम्म कैद हुने व्यवस्था रहेकोले आवश्यक कानुनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईने जनाईएको छ ।

पक्राउ परेका घले र तामाङ रसुवामा घर वनाउने ठेक्कापट्टाको गर्ने कार्य गर्दै आईरहेको खुलेको छ ।

उनीहरुले १ किलो सुन पास गराए वापत ५० हजार लिने गरेका समेत प्रकाशमा आएको छ ।  घले र तामाङले २ महिनामा दुईपल्ट गरी ३ किलो सुन ल्याई सकेको अनुसन्धानबाट खुल्नमा आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ मार्फत पराीक्षण गराउदा डेढ करोड वरावरको सुन २९९९. ९४ ग्राम प्रमाणित भएको छ ।