समाचार

ग्रीस पठाईदिने भन्दै लाखौँ ठगेर कुम्ल्याउनेलाई काठमाडौंबाट हतकडी

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाईदिने भन्दै लाखौँ ठगी गर्ने बाग्लृ‘ङका ३७ बर्षीय विर बहादुर अदैँ पक्राउ परेका छन् । राजधानीको टोखास्थित भण्डारी टोलबाट उनलाई मंगलबार नियन्त्रणमा लिईएको हो ।

पक्राउ अदैले ग्रीस पठाईदिने भन्दैँ १२ लाख ठगेको प्रकाशमा आएको छ । नेपालबाट टर्की पुर्याई कुनै काम नदिई ४५ दिनसम्म राखेर अनेक तवरले शारीरिक तथा मानसिक यातना दिनेहरुबाट छुटेर पिडितहरुले उजुरी गरेका थिए ।

सोही उजुरीका आधारमा अदैँलाई जिल्ला अदालत काठमाण्डौबाट अनुमती लिई “मानव बेचबिखन तथा ओसारपसार” मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।