साहित्य

साहित्यकार तेजराज खतिवडा प्रतिष्ठान गठन

भद्रपुर । मेचीनगर –९ निवासी साहित्यकार तेजराज खतिवडा (तेराख) ले आफ्नै नाममा प्रतिष्ठान गठन गरेका छन् । पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गरेका हुन् । सो अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा साहित्य, कृषि, पशुपालन, शिक्षा र विद्यार्थी रहनेछन् ।

तेराखले जिल्लाका साहित्यकारको भेला गरी आज बिहान प्रतिष्ठान सञ्चालनका लागि शिवकुमार पौडेलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समितिसमेत गठन गरेका छन् । तदर्थ समितिका उपाध्यक्षमा दुर्गा भुर्तेल, सचिवमा विनोद खनाल, सहसचिवमा परशुराम तिम्सिना र कोषाध्यक्षमा लेखनाथ खतिवडा रहेका छन् । समितिले प्रतिष्ठानको विधान दर्ता गराई ६ महिनाभित्र साधरणसभा गरी नयाँ समितिको निर्वाचन गर्ने संयोजक पौडेलले बताए । झापामा यसअघि थुप्रै साहित्यकारले निजी प्रतिष्ठान गठन गरेर विभिन्न विधाका व्यक्तिलाई पुरस्कृत गर्दै आएका छन् ।