खेलकुद

नेपाललाई करातेमा रजत

काठमाडौँ । ‘ब्रिटिस ओपन इन्टरनेशनल कराते प्रतियोगिता’मा नेपालले पुरुष टिम कुमुतेमा रजत पदक जितेको छ । ब्रिटिस कराते फेडरेसनको आयोजनामा बेलायतको लेस्टरमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । स्कटल्याण्डका खेलाडीलाई पराजित गर्दै सो समूह फाइनमा पुगेको हो ।

प्रशिक्षकको भूमिकामा समेत रहनुभएका शाक्यका अनुसार सोनामले ६० किलोमुनि तौल समूहमा कास्य पदकसमेत जितेका छन् । सोनामले स्कटल्याण्डका खेलाडीलाई पराजित गरेका थिए ।