समाचार

भारतीय मिडियाको खुलासाः नेपालको पाँचौं भ्रमणमा मोदी जन्ती बनेर आउने, आउने मिति बाहिरियो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौँ पटक नेपाल भ्रमण्मा आउने भएको छ । प्रधानमन्त्री मोदी नेपालको पाँचौं भ्रमणमा जन्ती बनेर आउने भारतीय मिडियाहरुले खुलासा गरेका हुन् ।

मोदी सन् २०१८ को अन्त्यसम्ममा नेपाल भ्रमण गर्नें हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ । उक्त अखबारका अनुसार भ्रमणको मिति निर्धारण हुन बाँकी रहेको छ । भ्रमणको तारतम्य मिलाउने काम भईरहेको जनाईएको छ ।

उक्त अखबार स्रोतका अनुसार भ्रमणको अनौमचारिक मिति समेत तोकिएको छ । अखबारका अनुसार नोभेम्बर २८–२९ मा भ्रमण गर्ने या डिसेम्बर १२ मा गर्ने भन्ने प्रष्ट हुन सकेको छैन । उच्च कुटनीतिक स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले डिसेम्बर १२ कै लागि भ्रमण उपयुक्त हुने भन्दै सोहीअनुसार तयारी अगाडी बढाईएको छ ।

मोदीले भारतको चुनावमा ‘हिन्दू कार्ड’ प्रयोग गर्नका लागि नेपाल भ्रमणलाई रोजेको उक्त अखबारले खुलासा गरेको छ । डिसेम्बर १२ हिन्दु धर्मावलम्बीहरुका लागि खास दिन हो । भगवान राम र जानकीको विवाह भएको दिन अर्थात् विवाह पञ्चमी परेकाले पनि सो अवसरमा मोदीले नेपाल भ्रमण गर्न चाहेको स्रोतले जनाएको छ । हिन्दू धर्मावलम्बीको विश्वास जित्नका लागि मोदी विवाह पञ्चमीकै अवसरमा नेपाल भ्रमण गर्ने निष्कर्षमा करिब करिब पुगिसकेको स्रोतले दाबी गरेको छ ।

सो अखबारले लेखेको छ, ‘रामजानकी विवाह पञ्चमीमा उत्तर प्रदेशको अयोध्याबाट नेपालको जनकपुरसम्म जन्ती जाने प्रचलन छ । विवाह पञ्चमीको अवसरमा राम र जानकीको विवाहको परम्परा प्रतीकात्मक रुपमा पुरा गरिन्छ । स्रोतका अनुसार प्रधानमन्त्री मोदीले रामको जन्ती बनेर विवाह पञ्चमीमा नेतृत्व गर्न सक्छन् ताकि भारतमा रहेका हिन्दू धर्मावलम्बीलाई एउटा भावनात्मक सन्देश दिन सकियोस् ।’

मोदीको आसन्न नेपाल भ्रमण लुम्बिनी केन्द्रित हुने जनाईएको छ ।