सुदूरपश्चिम

जङ्गलमा महिलाको शव

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ । पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव बरामद गरी परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ ।