प्रदेश 1

दमकमा रात्रीकालीन बजार

दमक । झापाको दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालीन बजारको उद्घाटन गरे ।

नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो । सो बजार सञ्चालन गर्न दमक नगरपालिकाको सहयोगमा रु दुई करोडभन्दा बढीको संरचना निर्माण गरिएको हो । सो क्षेत्रमा चारपाङ्ग्रे सवारीसधान निषेध गरिनुका साथै बजार हातामा विश्रामस्थल निर्माण गरिएको छ । दमकको मुख्य बजार नमूना बजारमा अब राति १० बजेसम्म पसल तथा व्यापार व्यवसाय सञ्चालन हुनेछ । रात्रीकालीन बजारमा बाल उद्यानको समेत व्यवस्था गरिएको छ ।