मनोरञ्जन

सिर्जना कार्कीको स्वरमा ‘धेरै-धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । यस अघी ‘मनको राजा’‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।

प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीतको संगीत रहेको म्युजिक भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जना आफ्नै अभिनय हेर्न सकिन्छ । उक्त गीतलाई राम कुमार केसीले छायांकन गरेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएका गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

भिडियो हेर्नुहोस्ः–