अन्तर्राष्ट्रिय

जेलरको हत्या गरी जेलर फरार

कलात । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । सोक्रममा अन्य दुईजना घाइते भएको एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।

आइतबार साँझ यो घटना भएको हो । जाबुल प्रान्तको शार ए सफा जिल्लामा अवस्थित यस जेलमा साँझ प्रार्थनामा बसेका कारागारका सुरक्षागार्डको बन्दुक खोसेर ती तालिबानी कैदीले गार्डको हत्या गरेका र अन्य दुई जनालाई घाइते बनाएका प्रान्तीय सरकारका प्रवक्ता गुल इस्लाम सयालले बताए ।

घाइतेमध्ये एक जना प्रतिआतङ्क प्रहरी प्रमुख रहेको सयालले बताए । जेलको स्वागत कक्षलाई आगजनी गरी आक्रमणकारी भने भाग्न सफल भएका छन् । –रासस ÷सिन्ह्वा