प्रदेश 2

हरित प्रदेश योजना कार्यान्वयन गर्ने

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमअनुरूप सो योजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । योजनालाई सार्थकता दिन यही असोज १२ गते एकै दिनमा प्रदेशभरिमा ५० हजार बिरूवा रोप्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । वृक्षरोपण कार्यक्रमका लागि आठ जिल्लाका वन कार्यालयले समन्वय गर्ने बताइएको छ । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागू हुनेछ ।