राजनीति

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैन: पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताए । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुग्नुभएका श्रेष्ठले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाए। काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित गर्नुपर्ने बताए।