समाचार

उपरथीद्वय भण्डारी र भट्टलाई दज्र्यानी चिन्ह

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उनीहरुलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी भण्डारीले सम्भाररथीे कार्यालय र उपरथी भट्टले व्यवस्था नीति तथा योजना महानिर्देशनालयको जिम्मेवारी पाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।