समाचार

दशैँका लागि अग्रिम टिकट बुकिङबारे महासंघले गर्यो यस्तो निर्णय !

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैको लागि अग्रिम टिकट बुकिङ मंगलबार देखि खुल्ने भएको छ । नेपाल यातायात व्यावसायीको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएपनि पेट्रोलको मूल्य बृद्धि भएपछि यातायात व्यावसायीह्ररुले रोकेका थिए । सरकार र यातायात व्यावसायीबीच सहमती भएपछि महासंघले भोलिदेखि अग्रिम टिकटका लागि बुकिङ् खोल्ने निर्णय गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दिएको जानकारी अनुसार सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघ बुकिङ् खोल्न महासंघ राजी भएको हो ।

बढाईएको १० प्रतिशत भाडा दर अनुसार यातायात व्यवस्था विभागले देशभरका सबै रुटको भाडादर सार्वजनिक गरिसकेको छ ।