काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सवारी साधनमा बढार्ईएको भाडाँ फिर्ता लिन माग गर्दै व्यापक प्रदर्शन गरेको छ । वर्तमान सरकार बनेदेखि पेट्रोलियम पद्धार्थको मूल्यमा पटपटक बृद्धि गरेर जनतालाई दुःख दिएको भन्दैँ नेविसंघ प्रदर्शनमा उत्रेको हो ।
चाडबाडका मुखैमा पेट्रोलियम पदार्थ र सार्वजनिक यातायातको भाडा बढाएको भन्दैँ राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंँको भृकुटीमण्डप, माईतीघर मण्डला, पशुपती क्याम्पस, लगायत क्षेत्रमा सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लेखिएका प्लेकार्ड सहित नेविसंघले प्रदर्शन गरेको छ ।
नेपाली विद्याथी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता, महिला हिंसाका घटनामा संलग्न अपराधीलाई कारवाही नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।