आर्थिक

दुई प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालले ती प्रतिवेदन सार्वजनिक गर्दै देशका ७५३ स्थानीय निकायमध्ये ६६६ स्थानमा वित्तीय सेवा पु¥याइएको जानकारी दिए । यसअघि राष्ट्र बैंकले आव २०५६/५७ मा थोक मूल्य सर्वेक्षण गरेको थियो ।