बाग्मती

ढिस्कोले पुरेर बेपत्ता

धादिङ । बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक आज बेपत्ता भएका छन् । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खससेको ढिस्कोले पुरेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । हराइरहेका ती व्यक्तिको खोजी भइरहेकोे जनाइएको छ ।